समाचार

३५ जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

By खबरहब

August 09, 2024

काठमाडौं । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रबार न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

बैठकमा कानुनमन्त्री अजय चौरसिया, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत र सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी थिए।

यस्तै बैठकले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।

त्यस्तै उच्च अदालत, जनकपुरअन्तर्गत वीरगन्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।