निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडियो « Khabarhub

निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत लाइन जोडियो


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ । बडिगाड गाउँपालिका–१० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्‍याएको हो । 

गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड –१० दर्लिङ, निगलपानीलगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए। गत बुधबारदेखि अस्थायी कार्यालय सञ्चालन गरी एक सय ८२ मिटर वितरण गरिएको उनको भनाइ छ ।

यस क्षेत्रमा पहिले लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्ण रूपमा बगाएपछि सयौँ घरपरिवार अन्धकारमा थिए । बाढीले गाउँको धेरै स्थानमा क्षति पुर्याएको हुँदा गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको प्रमुख पौडेलको भनाइ छ ।

गाउँमै पुगेर मिटर वितरण गरेको केन्द्रले अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स प्रदान गरेको उहाँको भनाइ छ । करिब आठ सय घरपरिवारमध्ये तीन सय ५० घरमा सेवा पुगेको र अन्य घरमा पोल मर्मतसम्भार गरिरहेको हुँदा दसैँ अगाडि लाइन पुर्याउने पौडेलले बताए।

बडिगाड गाउँपालिका–१० का अध्यक्ष वीरेन्द्र बुढामगरले एक महिनादेखि अन्धकारमा रहेका दर्लिङवासी केन्द्रीय लाइन आएपछि उज्यालो पाएको बताए । बाढीले गाउँमा धनजनसहित भौतिक पूर्वधारमा क्षति पुर्याएको उनको भनाइ छ । 

बाढीमा परी ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ९ : ५२ बजे

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले