खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु « Khabarhub

खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरूको मृत्यु भएको हो । 

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट–४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट–६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए। 

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकलले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १२ : १५ बजे

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला