'मुलुकमा स्थिरता कायम गर्न कांग्रेस-एमालेबीच गठबन्धन भएको हो' | Khabarhub Khabarhub

‘मुलुकमा स्थिरता कायम गर्न कांग्रेस-एमालेबीच गठबन्धन भएको हो’


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा स्थिरता कायम गर्न संसद्का दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् । आज डडेल्धुराको सदरमुकाममा आयोजित एक पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहेका उनले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गरे।

‘पछिल्लो समय पटक–पटक सत्ता परिवर्तन भए पनि विकासले गति लिन नसकेपछि संसद्का दुई ठूला दलबीच सहकार्य भएको हो । यसबाट मुलुकमा स्थिरता कायम हुनुका साथै जनतामा आशा उब्जिएको छ’, प्रवक्ता महतले भने, ‘अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा उभिएका हुन् ।’ उनले कांग्रेस–एमालेको गठबन्धन सरकारले मुलुकलाई स्थिरतातर्फ लैजाने दाबी गरे ।

नयाँ सरकार गठन पछि बिस्तारै मुलुकको आर्थिक गतिविधि चलायमान हुँदै गएको प्रवक्ता महतले बताए । सरकारको न्यूनतम साझा कार्यक्रम यथाशीघ्र प्रकाशित गर्ने उनको भनाइ छ ।

पूर्वअर्थमन्त्री महतले वर्तमान सरकार जनताका सरोकारका विषयवस्तु र सुशासन प्रत्याभूत गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले नेपाली कांग्रेसले २०८४ को निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागेको उल्लेख गरे।

प्रवक्ता महतले एक सय ११औँ बिपी जयन्तीका अवसरमा डडेल्धुरामा आयोजित ‘मुलुकको समृद्धिमा युवाको भूमिका’ विषयक प्रशिक्षण कार्यक्रमको आजै उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा उनले पश्चिम सेती र पञ्चेश्वर परियोजना निर्माण गर्न सरकार लागिपरेको उल्लेख गर्दै यी परियोजना निर्माणले सुदूरपश्चिममा रोजगारीका अवसर सिर्जना गर्ने बताए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : २४ बजे

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरी भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने

स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलका नेपालले