नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर सुधार्छु : पर्यटनमन्त्री पाण्डे « Khabarhub

नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर सुधार्छु : पर्यटनमन्त्री पाण्डे


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सको सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन् ।

साेमबार नेपाल पर्यटन बाेर्डका नवनियुक्त कार्यकारी दीपकराज जाेशीकाे स्वागत कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘संस्कृति,पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ हुन् । नेपाल एयरलाइन्स सुधारमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपकाे बाटाेमा लैजान चाहन्छु ।’

उनले मन्त्रालयबारे सबै बुझिसकेकाले रिफर्मकाे बाटाेमा अघि बढ्ने बताए। मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाइदिन भनेर डेलिगेसन आउने गरेका बताए ।

प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएकाे दृष्टान्त उनले सुनाए। उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै द्विविधा नलिन विश्वास दिलाएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ८ : ०३ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको