आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर ९ तारिख। असोज शुक्ल पक्षको षष्ठी तिथि। नवरात्रमा आज कात्यायानिदेवीको पूजा गरिन्छ। विश्व हुलाक दिवससमेत आजै परेको छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : अचानक धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा होला। पुराना साथी रुष्ट भएको थाहा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारबाट नाफा कमाउने समय छ। परिवारको साथ मिल्नेछ। राजनीतिमा भने हात नहाल्नु राम्रो हुनेछ।

वृष : दुर्गाको सेवा गर्नाले परिवारमा सुख मिल्नेछ। खानपानमा समस्या हुनसक्छ। थोरै बोलेर जित्नुपर्ने छ। मदिराको व्यापारबाट राम्रो फाइदा हुनेछ। राज्यको तर्फबाट भय र त्रास हुनेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मिथुन : सानो कुरामा रिस उठ्ने बानीले समस्या बढ्नसक्छ। दुर्गाको चिन्तन मात्र गरेमा दिन राम्रो हुनेछ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। साथी र संगठनको साथमा अवसर मिल्नेछ। दशैंको रौनकका नाममा खर्च बढ्नेछ।

कर्कट : आम्दानी भन्दा खर्च बढ्ने देखिन्छ। खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। संकटमा परिवारको साथ प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। सोचेको ठाउँमा यात्राको तय भइसकेकोले परिवारमा घुलमेल हुने दिन छ। परिवारको सहमतिमा अगाडि बढेमा काम सफल हुनेछ। साथी र बन्धुको साथ रहनेछ।

कन्या : सहयोगी भन्दा विपक्षीको संख्या बढेको छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। आम्दानी भन्दा खर्च बढ्ने भएकाले व्यापारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। दुर्गाको आरधना गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

तुला : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परोपकारमा सक्रिय हुँदा राम्रो हुनेछ। खर्च जोगाउन सचेत हुनुपर्ने समय छ। आज तपाईंले दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यमा उत्साह मिल्नेछ। प्राविधिक शिक्षाको क्षेत्रमा तपाईंको नाम र दाम रहनेछ। आफूभन्दा ठुला मान्छेसँगको भेटले मन खुशी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आज खानपानमा जुट्ने अवसर मिल्नेछ। तपाईंले न्याय पाउने दिन हो। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बनध सुमधुर बन्नेछ।

मकर : अन्त्य साढेसातीको दशा चलिरहेको छ। धन खर्च हुनसक्छ। चाँडपर्व भन्दै जुवा, तास र क्यासिनोमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। निजी शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारले साथ दिनेछन्।

कुम्भ : शनिदेव प्रतिकुल हुँदा मन अशान्त बन्ने र यात्रामा अवरोध हुने जोखिम रहन्छ। जन्मकुण्डलीमा तेस्रो, छैठौ र ११ औँ स्थानमा शनि भए तपाईंले सोचेका काम बन्नेछन्। परिवारकोसाथ मिल्नेछ।

मीन : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले तपाईंका लागि आजको दिन रमाइलो छ। परिवारसँगको सम्बन्धमा सुधार आउने छ। तपाईंका लागि आज बिहानै गणेशको दर्शन गर्नु फाइदाजनक हुनेछ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ५ : ०९ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका