आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर ९ तारिख। असोज शुक्ल पक्षको षष्ठी तिथि। नवरात्रमा आज कात्यायानिदेवीको पूजा गरिन्छ। विश्व हुलाक दिवससमेत आजै परेको छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : अचानक धन प्राप्त हुनेछ। शेयर कारोबारमा फाइदा होला। पुराना साथी रुष्ट भएको थाहा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारबाट नाफा कमाउने समय छ। परिवारको साथ मिल्नेछ। राजनीतिमा भने हात नहाल्नु राम्रो हुनेछ।

वृष : दुर्गाको सेवा गर्नाले परिवारमा सुख मिल्नेछ। खानपानमा समस्या हुनसक्छ। थोरै बोलेर जित्नुपर्ने छ। मदिराको व्यापारबाट राम्रो फाइदा हुनेछ। राज्यको तर्फबाट भय र त्रास हुनेछ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

मिथुन : सानो कुरामा रिस उठ्ने बानीले समस्या बढ्नसक्छ। दुर्गाको चिन्तन मात्र गरेमा दिन राम्रो हुनेछ। आम्दानीका स्रोत पत्ता लाग्नेछन्। साथी र संगठनको साथमा अवसर मिल्नेछ। दशैंको रौनकका नाममा खर्च बढ्नेछ।

कर्कट : आम्दानी भन्दा खर्च बढ्ने देखिन्छ। खर्च कटौती गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। संकटमा परिवारको साथ प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। सोचेको ठाउँमा यात्राको तय भइसकेकोले परिवारमा घुलमेल हुने दिन छ। परिवारको सहमतिमा अगाडि बढेमा काम सफल हुनेछ। साथी र बन्धुको साथ रहनेछ।

कन्या : सहयोगी भन्दा विपक्षीको संख्या बढेको छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। आम्दानी भन्दा खर्च बढ्ने भएकाले व्यापारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। दुर्गाको आरधना गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

तुला : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। परोपकारमा सक्रिय हुँदा राम्रो हुनेछ। खर्च जोगाउन सचेत हुनुपर्ने समय छ। आज तपाईंले दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यमा उत्साह मिल्नेछ। प्राविधिक शिक्षाको क्षेत्रमा तपाईंको नाम र दाम रहनेछ। आफूभन्दा ठुला मान्छेसँगको भेटले मन खुशी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : आज खानपानमा जुट्ने अवसर मिल्नेछ। तपाईंले न्याय पाउने दिन हो। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बनध सुमधुर बन्नेछ।

मकर : अन्त्य साढेसातीको दशा चलिरहेको छ। धन खर्च हुनसक्छ। चाँडपर्व भन्दै जुवा, तास र क्यासिनोमा प्रवेश नै नगर्नु राम्रो हुनेछ। निजी शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारले साथ दिनेछन्।

कुम्भ : शनिदेव प्रतिकुल हुँदा मन अशान्त बन्ने र यात्रामा अवरोध हुने जोखिम रहन्छ। जन्मकुण्डलीमा तेस्रो, छैठौ र ११ औँ स्थानमा शनि भए तपाईंले सोचेका काम बन्नेछन्। परिवारकोसाथ मिल्नेछ।

मीन : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले तपाईंका लागि आजको दिन रमाइलो छ। परिवारसँगको सम्बन्धमा सुधार आउने छ। तपाईंका लागि आज बिहानै गणेशको दर्शन गर्नु फाइदाजनक हुनेछ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ५ : ०९ बजे

पूर्वसभामुख महराविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर

विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान

काठमाडौं– नेपालका लागि इजरायली पूर्व राजदूत हानान गोदारले हमासको अपहरणमा

सर्वोच्चमा आजदेखि रिट निवेदन दर्ता पुनः सुरु हुने

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीबाट सर्वोच्च

अर्थमन्त्री खनालबाट अमेरिकी चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डिसी– विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा

मेची राजमार्गको वैकल्पिक मार्ग अझै सञ्चालनमा आएन

इलाम– मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि