बाढीबाट मधेसमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति « Khabarhub

बाढीबाट मधेसमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– हालैको बाढीपहिरो र डुबानबाट मधेस प्रदेशमा ८० करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहम्द अन्सारीका अनुसार बागमती, लालबकैया, झाझ, लमहा र गुजरा खोलाको बाढीले सबैभन्दा बढी क्षति रौतहटमा भएको छ । यो क्षति १९ करोड ५० लाखभन्दा बढीको हो ।

सप्तरीको बलान, त्रियुगा, महुलीको बाढीले १२ करोड ८० लाख तथा धनुषामा रातु, चारनाथ, कमला, जल्लाद, औरही, खहरे र वडहरीको बाढीबाट नौ करोड ५० लाखको क्षति भएको छ ।

यसैगरी, सर्लाहीमा बागमती, लखनेहीसहितका खोलाको बाढीले नौ करोड २५ लाख, बारामा आठ करोड ५० लाख, सिरहामा सात करोड ९० लाख, महोत्तरीमा सात करोड ५० लाख र पर्सामा पाँच करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

बढीबाट क्षति भएका संरचनाको मर्मतसम्भारका लागि प्रदेश सरकारले आठ करोड रुपैयाँ निकासा गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ९ : ५३ बजे

काभाबीच भलिबल टुरका लागि नेपाली टोली भुटान प्रस्थान गर्दै

काठमाडौं– भुटानको थिम्पुमा आयोजना हुने काभाबीच भलिबल टुरमा सहभागी हुने

बाढी प्रभावितका लागि इप्पानद्वारा १३ करोड प्रदान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले

बाढी प्रभावित बालबालिकालाई अनुमति बिना ओसारपसार नगर्न आग्रह

काठमाडौं– राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको

उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ ।