आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड | Khabarhub Khabarhub

आजका समाचार : कुलमानलाई ऊर्जामन्त्रीले सोधे स्पष्टीकरण, भक्तपुरमा फूलपाती भित्र्याइयो र गौशालाको धर्मशालामा महानगरको बोर्ड


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री उद्धार कोषमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा ६० लाख हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन्। सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गरे।


कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिएको कर्पोरेसनले जनाएको छ ।

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

ऊर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण

प्रधानमन्त्री ओली र सभापति देउवाले गरे ‘होलिडे इन रिसोर्ट’ को उद्‌घाटन

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

कर्मचारीलाई खानेपानीमन्त्रीको निर्देशन-दशैँमा फोन अफ नगर्नू

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : मन्त्री पौडेल

राष्ट्रपतिबाट नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

जग्गारआवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

विपदबाट क्षतिग्रस्त संरचना निर्माणमा दुई अर्ब ८८ करोड लाग्ने

भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो

माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीबीच धकेलाधकेल
महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ। माडवाडीको प्रतिकारबीच महानगर प्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफ्नो बोर्ड राखेको छ ।


सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगर प्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरी र माडवाडी सेवा समितिबीच धकेलाधकेल भएको हो ।

बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाजजस्ता संस्थाले पो चलाएका रहेछन्

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

उद्योग परिसङ्घबाट बाढी प्रभावितलाई राहत वितरण

दशैँ बिदामा पनि निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै

बाढीपहिरो प्रभावितलाई भारतले दियो आपतकालीन सामाग्री
देशमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारतले आपतकालीन राहत सामग्री सहयोग गरेको छ ।

आपतकालीन सामाग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् ।


आपतकालीन सामाग्रीमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४।२ टनको सहायता रहेको जनाइएको छ । उक्त मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो । भारत सरकार अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको र छिट्टै आइपुग्ने जनाइएको छ ।

पर्वतका सबै ग्रामीण सडक सञ्चालन

बाढीले ५० लाख बराबरको केरा नोक्सान

दशैँका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढ्दै

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान

नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

बुद्धसिंह मार्गको नाल्दीघाटको पहिरो अझै हटेन

अन्धकारमय काभ्रेपलाञ्चोकमा बिजुली बाल्ने प्रयास

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

फूलपातीदेखि चितवन निकुञ्जभित्र जिप सफारी

हटियागोला खाद्य डिपोमा चामल अभाव

इजरायलको आक्रमणले विकराल बन्दै गाजाको अवस्था
इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ। मंगलबार भएको आक्रमणमा चार आवास गृह नास भएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानले गाजाले जस्तै क्षति सहनु पर्ने चेतावनी दिएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार मात्र ३६ जनाको ज्यान जानुका साथै १५० जना घाइते भएका छन्।

इजरायली डिफेन्स फोर्सले उत्तरी गाजामा रहेको कामल आदवान, इन्डोनेसियन र अल अदवा अस्पतालका स्वास्थ्यकर्मी तथा बिरामीलाई २४ घण्टामा सो अस्पताल छाड्न भनेका छन्। उत्तरी गाँजामा भएको पछिल्लो आक्रमणमा कम्तीमा २५ जनाको ज्यान गएको छ।,

चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएको भनाई

अमेरिकामा मिल्टन आँधीको असर

विमानस्थलको गोप्य जानकारी दिएको आरोपमा जर्मनीमा चिनियाँ महिला पक्राउ

भारतलाई सुरक्षा परिषदको स्थायी सदस्यता प्रदान गर्नुपर्ने आवाज

पाकिस्तानका वाणिज्य बैंकले अवैधानिक ठूलो मुनाफा आर्जन गरेको खुलासा

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ७ : ५७ बजे

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत – इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको

ओली र देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं