बराबरीमा रोकियो आर्सनल | Khabarhub Khabarhub

बराबरीमा रोकियो आर्सनल


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा आर्सनल र फुलहामले एकएकको बराबरी गरेका छन्।

केनी टेटीले दिएको पासलाई उपयोग गर्दै राउल जिमिनेजले फुलहामलाई अग्रता दिलाएका थिए। सो गोल उनको यस सिजनको छैटौँ गोल हो।

दोस्रो हाफको छैटौँ मिनेटमा कर्नर किकको उपयोग गर्दै विलियम सालिबाले आर्सनलका लागि बराबरी गोल गरेका हुन्।

प्रमियरसिपका अन्य खेलमा बोर्नमाउथले इप्सविच टाउनलाई २–१ ले हरायो। यसैगरी ब्रिङटन र लिसेस्टर बिचको खेलमा २–२ गोलको बराबरी भयो। चेल्सीले टोटनहाम हस्टस्पर्ससँगको खेलमा ४–३ को सफलता पायो।

अङ्क तालिकामा १४ खेल मात्र खेलेको लिभरपुल ३५ अङ्कसहित पहिलो स्थानमा छ भने १५ खेल खेलेको चेल्सी ३१ अङ्कसहित दोस्रो तथा २९ अङ्कसहित आर्सनल तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : ३७ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ