रविको बचाउमा प्रचण्ड, सरकारले प्रतिशोध साँधेको आरोप « Khabarhub

रविको बचाउमा प्रचण्ड, सरकारले प्रतिशोध साँधेको आरोप


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको पक्षमा उत्रिएका छन् ।

सरकारले अनुन्धानका क्रममा निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्ड रास्वपाका अध्यक्ष लामिछानेको पक्षमा उत्रिएका हुन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न सरकारलाई गम्भीर आग्रह गर्दछु ।’

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार काठमाडौं ल्याएर पर्सा लगिएको छ ।

वीरगञ्जको हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरण बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै पर्सा लगिएको हो ।

हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ३ : ३१ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र