लुम्बिनीलाई पहिलो जितको भोक, दोस्रो हार टार्न पोखराले संघर्ष गर्ने « Khabarhub

एनपीएल क्रिकेट

लुम्बिनीलाई पहिलो जितको भोक, दोस्रो हार टार्न पोखराले संघर्ष गर्ने


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतका सोह्रौँ र सत्रौँ खेल मंगलबार हुँदैछन् ।

पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी प्रतियोगिातमा ४ खेलबाट ३ जितसहित चितवन ६ अंक लिएर तालिको तेस्रो स्थानमा छ । यता ४ खेल नै गुमाएको लुम्बिनी अंकविहीन रहँदै तालिकाको अन्तिममा छ ।

मंगलबार नै दोस्रो खेलमा सामपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले कुशल भुर्तेल नेतृत्वकोे पोखरा एभेन्जर्सको सामाना गर्नेछ ।

चार खेलमा २ जित र २ हार व्यहोरेको कर्णाली अंक ४ सहित तालिकाको चौथो स्थानमा छ । यता ३ खेल मात्रै खेल्न भ्याएको पोखराले १ जित र २ हार व्यहोरेको छ । पोखरा तालिकाको दोस्रो स्थानमा छ ।

रोहित र कुशलाई चुनौती

मंगलबारको खेलमा रोहित नेतृत्वमा प्रतियोगिताभर हारैहार भोगेको लुम्बिनी खाता खोल्न चितवनविरुद्ध संघर्ष गर्नेछ ।

रोहितको टीम जारी प्रतियोगितामा सबैभन्दा बढी १९२ रनको लक्ष्य प्रस्तुत गर्दा पनि विराटनगरसँग पराजय भोग्न बाध्य भएको थियो ।

उता जकपुर बोल्ट्सबाट १३६ रनको सामान्य लक्ष्य पाउँदा पनि लुम्बिनीले जित निकाल्नबाट चुकेको छ ।

अर्थात्, जारी प्रतियोगितामा लुम्बिनीको ब्याटिङ चल्दा, बलिङ चलेको छैन । बलिङ चल्दा, ब्याटिङ चल्न सकेको छैन ।

लुम्बिनीले लगातार हारे पनि कप्तान रोहित प्रतियोगितमा सबैभन्दा बढी रन बनाउने दोस्रो खेलाडी हुन् । पोखरा एभेन्जर्सविरुद्ध उनी शतक प्रहार गर्न ५ रनले चुके । तर, तत्कालीन समयमा उनी एनपीएलको सर्वाधिक रन बनाउने ब्याटर पनि बने ।

तर पोखराविरुद्धको खेलमा त्यही उनको कीर्तिमान तोडियो । जावाफी ब्याटिङमा उत्रिएका पोखराका एन्ड्रिज गौसले एनपीएलकै पहिलो शतक हानेर रोहितको सर्वाधिक रनको कीर्तिमान तोडे । एन्ड्रिजले १०४ रन बनाए । अहिलेसम्म जारी प्रतियोगितामा यो नै सबैभन्दा बढी रन हो ।

अर्कातिर पोखराविरुद्ध रोहितको टोलीले एक विकेट पनि लिन सकेन । जारी प्रतियोगितामा एक खेलमा एक विकेट लिन नसक्ने टोली रोहितकै लुम्बिनी हो ।

यता, पोखराका कप्तान एवम् मार्की प्लेयर कुशलको भुर्तेलको ब्याटिङ अझै चल्न सकेको छैन । राष्ट्रिय टिमका ओपनर उनले दुई खेलमा ब्याटिङ गर्दा केबल ६ रन बनाएका छन् ।

कुशल चितवनसँगको खेलमा पहिलो बलमै आउट भए । जनकपुर बोल्ट्सँगको दोस्रो खेलमा कुशलले ६ बलमा ६ रन बनाए । यी दुवै खेलमा पोखरा पराजित भयो ।

पोखराले आफ्नो तेस्रो खेलमा लुम्बिनीलाई हरायो । त्यस खेलमा कुशलले ब्याटिङ गर्नै पाएनन् । पोखराका ओपनर दिनेश खरेल र एन्ड्रिज गौस १७६ रनको कीर्तिमानी साझेदारीसहित नतिजा आफ्नो पक्षमा पारे ।

सुरुवाती खेलमा कुशलको ब्याटिङ चल्न नसकेकाले कर्णालीसामु टिकेर राम्रो रन बनाउनुपर्ने चुनौती छ ।

पोखराले टार्ला दोस्रो हार ?

प्रतियोगितामा ४ खेल खेलको जनकपुर हारविहीन छ । चारै खेल जितेको ऊ ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले जारी प्रतियोगितमा समान ४–४ खेल खेलका छन् । जसमा उनीहरूले ३–३ खेलको नतिजा आफ्नो पक्षमा पारेका छन् ।

४ खेल खेलेको कर्णालीले २ मा हार र २ मा जित निकालेको छ । विराटनगर किङ्सले ४ खेलमा एउटा मात्रै नजिता आफ्नो पक्षमा पारेको छ । यो टिम २ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सले समान ३–३ खेल खेलेका छन् । दुवै टोली मान १–१ हारको अवस्थामा छन् ।

मंगलबार कर्णालीसँग प्रतिस्पर्धा गर्दा पोखरा दोस्रो हार टार्न संघर्षरत हुनेछ । यता कर्णाली भने तेस्रो हार टारेर, तेस्रो जितका लागि संघर्ष गर्ने छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ८ : ०६ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक