उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते « Khabarhub

उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

उदयपुर । यहाँको लिम्चुङबुङ गाउँपालिका–३ मा आज एक ल्याण्ड रोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच यात्रु घाइते भएका छन् ।

सदरमुकाम गाइघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप सो पालिकाको वडा नम्बर ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा सवार चार यात्रुहरू सोही पालिका–४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याउने काम भइरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : ३४ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक