उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते « Khabarhub

उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

उदयपुर । यहाँको लिम्चुङबुङ गाउँपालिका–३ मा आज एक ल्याण्ड रोभर जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँच यात्रु घाइते भएका छन् ।

सदरमुकाम गाइघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप सो पालिकाको वडा नम्बर ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा त्रियुगा नगरपालिका–१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा सवार चार यात्रुहरू सोही पालिका–४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी राजन चापागाईका अनुसार घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याउने काम भइरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १० : ३४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब