भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त « Khabarhub

भुटानको पीडीपीलाई सरकार बनाउने जनमत प्राप्त


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भुटान– सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका लिबरल पिपुल्स डेमोक्रयाटिका पार्टी (पीडीपी) ले मंगलबारको निर्वाचनमा ४७ मध्ये ३० सिटसहितको जनमत प्राप्त गरेको निर्वाचन आयोगले बुधबार जनाएको छ ।

भुटानी मतदाताले छिरिङ तोब्गेलाई दोस्रो पटक प्रधानमन्त्री बन्न आवश्यक भारी समर्थन दिएका हुन् । पछिल्लो समय गम्भीर आर्थिक चुनौतीहरूको प्रभावका कारण यस चुनावमा हिमालयन राज्यको विकासका कारण प्राप्त ‘समग्र राष्ट्रिय खुशी’ लाई प्राथमिकता दिने लामो समयदेखिको नीतिमाथि प्रश्न उठेको थियो । 

भुटान विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका देश चीन र भारतको बीचमा रहेको छ । उनीहरूले रणनीतिक रूपमा विवादित सीमा क्षेत्रमा मतदानलाई निकै चासोका साथ हेरेका थिए । जवाफमा टोब्गेले मोदीलाई सामाजिक सञ्जालबाट नै ‘हार्दिक आभार’ प्रकट गरेका छन् ।

पिट्सबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गर्नुभएका र हार्वर्डबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका ५८ वर्षीय तोब्गे पूर्व सरकारी कर्मचारी रहेका छन् ।

वर्तमान राजाको शासनकाल सुरु भएलगत्तै सन् २००८ मा स्थापना भएको भुटानको पहिलो संसद्मा टोब्गे विपक्षी दलका नेता पनि थिए । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : ३६ बजे

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले