सन्धी सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन « Khabarhub

सन्धी सम्झौताको विवरण उपलब्ध गराउन निर्देशन


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न मितिमा भएका सन्धी सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाल सरकार पक्ष भई विभिन्न मुलुकहरू वा  अन्तरसरकारी संघ संगठनहरुसँग भएका सन्धी सम्झौताहरू, संसद्ले अनुमोदन गरेका र अनुमोदन गर्न बाँकी रहेका समेत खुलेको विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएको सभापति विमला सुवेदीले जानकारी दिए ।

त्यस्तै बैठकले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौताहरूको पूर्ण विवरण सात दिनभित्र समितिमा उपलब्ध गराउन पनि निर्देशन दिइएको उनले बताए ।

बैठकमा समिति सदस्यहरूले नेपालको आवश्यकताका आधारमा मात्रै मित्रराष्ट्रबाट सहयोग लिनुपर्ने धारणा राखेका थिए । समिति सदस्य जीवन परियारले नेपालको आवश्यकता र प्राथमिकतामा आधारमा सहयोग लिने र खर्च गर्ने परिपाटी सिर्जना गर्नुपर्ने बताए । उनले समितिको क्षेत्राधिकार अन्तराष्ट्रिय सन्धिसम्झौता रहेकाले यस विषयमा समितिमा नै छलफल हुनुपर्ने धारणा राखेका थिए । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग हालै भएको सहमतिका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : २६ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा