थारू समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

थारू समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– थारू समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारू समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । 

केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतीका अनुसार सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन नियमावली २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि रु २० लाख बजेट छुट्याइएको छ । राना थारू समुदायका विपन्न वर्गका लागि सय प्रतिशत र अन्यका हकमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने छ ।

थारू समुदाय विपन्न वर्ग भएको प्रमाणपत्रसँगै अनुसूची ५ अनुसारको प्रस्तावसहितको निवेदन, खेती गरिने जग्गाको कागजपत्र, समूह र सहकारीको निर्णयको प्रतिलिपि पेस गर्नुपर्ने कार्यालय प्रमुख सिजापतीले बताएकाछन् ।

थारू समुदायलाई आर्थिकरूपले सबल बनाउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो । सो कार्यक्रमअन्तर्गत बसन्ते मकै र तरकारीको बीउ, मलखाद, कृषि औजार, यन्त्र, सिँचाइ र अन्य प्रविधिलगायत पनि अनुदान रकम खर्च गरिनेछ । 

प्राविधिक कर्मचारीले स्थलगत अनुगमन गरेपछि पेस गरिएको प्रतिवेदनका आधारमा अनुदान रकम उपलब्ध गराइने बताइएको छ । 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : ०३ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले