पाकिस्तानमा आतंकवादी हमलामा तीन प्रहरीको मृत्यु « Khabarhub

पाकिस्तानमा आतंकवादी हमलामा तीन प्रहरीको मृत्यु


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा बुधबार बिहान प्रहरीलाई लक्षित गरी गरिएको आक्रमण तीन प्रहरीसहित कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

कोहाटको सिन्धु राजमार्गस्थित सुरक्षा जाँच केन्द्रमा अज्ञात समूहले स्वचालित बन्दुकसहित आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगी घाइते सुरक्षाकर्मीलाई नजिकैको अस्पतालमा लगेका थिए । 

पाकिस्तानी सेना तथा सुरक्षाकर्मीले सम्बन्धित क्षेत्रमा उच्च सुरक्षाका साथ  आक्रमणकारीहरूको खोजी सुरु गरेको छ ।

आक्रमणपछि आक्रमणमा संलग्न व्यक्तिहरू नजिकैको पहाडी क्षेत्रमा भाग्न सफल भएको प्रहरीले जनाएको छ । हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : ११ बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित