गठबन्धनको उम्मेदवार जिताउन एकीकृत समाजवादीको आह्वान « Khabarhub

गठबन्धनको उम्मेदवार जिताउन एकीकृत समाजवादीको आह्वान


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रियसभामा गठबन्धनको उम्मेदवारलाई जिताउन लागि केन्द्रित हुन, व्यवस्थापन गर्न पार्टीको सबै शक्तिलाई परिचालन गर्न आह्वान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको विधान संशोधनका लागि जिल्ला र कार्यकर्ता तहसँग सुझाव लिने निर्णय गरेको उनले बताए ।

सबैबाट आएको सुझावलाई समेट्दै माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा छलफल हुने खतिवडाले बताए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ५७ बजे

‘रुपान्तरणसँगै कांग्रेसमा उत्साह छ, असन्तुष्टि मिलाउँछौं’

फागुन २१ मा हुने निर्वाचनको सरगर्मी देशभर फैलिसकेको छ। सबै

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै