उज्यालो काठमाडौँका लागि तीनवटै सरकारको सहकार्य आवश्यक : मन्त्री बस्नेत « Khabarhub

उज्यालो काठमाडौँका लागि तीनवटै सरकारको सहकार्य आवश्यक : मन्त्री बस्नेत


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौँ उपत्यका संघीय राजधानीसमेत भएकाले ‘उज्यालो काठमाडौँ’का लागि तीनवटै सरकारको सहकार्य जरुरी रहेको बताएका छन् ।

काठमाडौँ उपत्यकाभित्रका स्थानीय सरकारका प्रमुखको सङ्गठन ‘मेयर फोरम’सँग आज मन्त्रालयमा छलफल गर्दै मन्त्री बस्नेतले संघीय सरकारको ध्येय पनि ‘उज्यालो काठमाडौँ’ भएकाले यसमा तीनवटै तहका सरकारको साझा प्रयास जरुरी रहेको उल्लेख गरे । 

नेपाल विद्युत् प्राधिकरणले खरिद गरेर वितरण गर्ने बिजुली भएकाले त्यसको लागतका बारेमा सरकारले हेरिदिनुपर्ने मन्त्री बस्नेतले बताए। सडक बत्तीको बक्यौताबापतको रकमको सन्दर्भमा देखिएको समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग आवश्यक निर्णयका लागि सामूहिक पहल जरुरी रहेको उनले उल्लेख गरे।

मन्त्री बस्नेतले एउटा समय सीमा निर्धारण गरेर सडक बत्तीको बक्यौता उठाउनैपर्ने र त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताए । प्राधिकरणका अनुसार सडक बत्तीबापत स्थानीय निकायले रु छ अर्ब बराबरको बक्यौता रकम तिर्न बाँकी छ ।

 सो बक्यौता रकम उठाउन स्थानीय सरकार जिम्मेवार रहेको अर्थमन्त्रालयले जनाएको छ । स्थानीय निकायले भने कुन समयदेखिको बक्यौता हो त्यसको कुनै टुङ्गो नभएकाले एकै पटक बिल आउँदा आफूहरूलाई समस्या परेको जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : २३ बजे

संस्थापन इतरको राष्ट्रिय भेलामा गएर शेखरले पार्टी एकताको आह्वान गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन इतर समूहले

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना

सरकारले जनताको पीडा महसुस गर्न सकेन : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले जनताको

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता

हर्मुज खोल्न जर्मनीको आग्रह

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघची र जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलबीच