संघीयता पूर्णरुपमा कार्यान्वयनमा आएन : अध्यक्ष तिमिल्सिना « Khabarhub

संघीयता पूर्णरुपमा कार्यान्वयनमा आएन : अध्यक्ष तिमिल्सिना


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताएका छन् । सञ्चारकर्मीसँग आज कुराकानी गर्दै उनले संघीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताए। 

अध्यक्ष तिमिल्सिनाले भने, ‘हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि संघीयता पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।’ संघीयताका धेरै विषय कार्यान्वयनमा आइसकेको उनले बताए । 

प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताए । ‘शिक्षा ऐन छलफलको क्रममा रहेको छ’, उनले भने।   

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ७ : ३५ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा