बन्दीपुरमा मुख्यमन्त्री ‘नवप्रवर्तन कार्यक्रम’ | Khabarhub Khabarhub

बन्दीपुरमा मुख्यमन्त्री ‘नवप्रवर्तन कार्यक्रम’


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  बन्दीपुर गाउँपालिकाका लागि ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिने भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच उक्त कार्यक्रमका लागि सम्झौता गरिएको छ । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका सचिव यमुना श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाबीच शुक्रबार दुई पक्षीय सम्झौता भएको हो । 

उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रमअन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ क्षेत्रमा कार्यक्रम गरिनेछ । 

प्रदेश सरकारबाट परिपत्र भएपछि लगत्तै काम सुरु गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम गरिसक्नुपर्नेछ । गाउँपालिका–१, २ र ४ का पर्यटन क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्य गरिनेछ । 

उनले भने, ‘विशेषगरी बन्दीपुरबाट सिद्वगुफा जाने बाटोलाई बढी केन्द्रित गरेको छ ।’ 

मुख्यमन्त्री कार्यालय पोखराबाट रु ७५ लाख र गाउँपालिकाबाट रु २८ लाख ९५ हजार तीन सय गरी कूल रु एक करोड तीन लाख ९५ हजार तीन सय बजेट रहेको छ । 

उक्त कार्यक्रमअन्तर्गत सौन्दर्यीकरण, सत्तल, पाटी पौवा, रकक्लाइम्बिङ निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम सञ्चालन, कलासंस्कृति संरक्षण,  पर्यटकीयस्थलको प्रवर्द्धन कार्यक्रम, वृत्तचित्रलगायत क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए । 

उक्त कार्यक्रमले बन्दीपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : २६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका