बन्दीपुरमा मुख्यमन्त्री ‘नवप्रवर्तन कार्यक्रम’ « Khabarhub

बन्दीपुरमा मुख्यमन्त्री ‘नवप्रवर्तन कार्यक्रम’


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  बन्दीपुर गाउँपालिकाका लागि ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिने भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच उक्त कार्यक्रमका लागि सम्झौता गरिएको छ । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगका सचिव यमुना श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाबीच शुक्रबार दुई पक्षीय सम्झौता भएको हो । 

उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नमुना कार्यक्रमअन्तर्गत ‘कल्चर’, ‘एडभेन्चर’ र ‘नेचर’ क्षेत्रमा कार्यक्रम गरिनेछ । 

प्रदेश सरकारबाट परिपत्र भएपछि लगत्तै काम सुरु गरिने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको असार १५ गतेभित्र काम गरिसक्नुपर्नेछ । गाउँपालिका–१, २ र ४ का पर्यटन क्षेत्रमा पर्यटन प्रवर्द्धनका कार्य गरिनेछ । 

उनले भने, ‘विशेषगरी बन्दीपुरबाट सिद्वगुफा जाने बाटोलाई बढी केन्द्रित गरेको छ ।’ 

मुख्यमन्त्री कार्यालय पोखराबाट रु ७५ लाख र गाउँपालिकाबाट रु २८ लाख ९५ हजार तीन सय गरी कूल रु एक करोड तीन लाख ९५ हजार तीन सय बजेट रहेको छ । 

उक्त कार्यक्रमअन्तर्गत सौन्दर्यीकरण, सत्तल, पाटी पौवा, रकक्लाइम्बिङ निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका कार्यक्रम सञ्चालन, कलासंस्कृति संरक्षण,  पर्यटकीयस्थलको प्रवर्द्धन कार्यक्रम, वृत्तचित्रलगायत क्षेत्रमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए । 

उक्त कार्यक्रमले बन्दीपुरको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : २६ बजे

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,