तीन जना ब्याटरले अर्धशतक बनाएपछि क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयी | Khabarhub Khabarhub

तीन जना ब्याटरले अर्धशतक बनाएपछि क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयी


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानाडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी यू १९ टिमका कप्तान देव खनालले ७६ रन जोडे । ८१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै, अनिल साहले ५० रनको अर्धशतकीय पारी खेल्दा भीम सार्कीले २३ रन बनाए । क्यानाडाका ईश्वरजोत सोही र हर्ष ठाकेरले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको थियो । निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै क्यानाडाले २ सय ८५ रन बनाएपछि नेपालले २ सय ८६ रनको लक्ष्य पाएको हो ।

क्यानाडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । त्यसैगरी नवनित धलिवालले ४६, श्रेयस मोभ्भाले ४० रन जोडे । परगत सिंहले ३८ रन बनाए ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक(एक विकेट लिए ।

यससँगै नेपालले तीन खेलको सिरिज एक खेल खेल्नुअघि नै जितेको छ । पहिले खेलमा नेपाल ७ रनले विजयी भएको थियो । नेपालले क्यानाडाविरुद्धको तेस्रो खेल सोमबार टीयू मैदानमा खेल्नेछ ।

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : ३४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका