दिनभर आजमा माओवादीले पार्टी रूपान्तरण अभियानको समीक्षा गर्ने, सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री, ६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी, रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन, खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति, नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, टुँडिखेलमा सोनाम ल्होछार, क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयीलगायत रहनेछन् ।
माओवादीले पार्टी रूपान्तरण अभियानको समीक्षा गर्ने
नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानमा बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समीक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री
नेपालको विकास हिन्द महासागरमा निर्भर : परराष्ट्र मन्त्री
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा
आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री
सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्दछ : नेता खनाल
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन
पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् ।
यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन ।
६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी
आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ : मोहन बस्नेत
नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि
खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति
भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाइ
नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता
हराएका दुई सय ५२ मोटरसाइकल सवारी धनीलाई फिर्ता
टुँडिखेलमा सोनाम ल्होछारको रौनक
तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार आज देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरूले ल्होसार पर्व मनाएका हुन्
।
सो पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको थियो ।
अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छ : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना
समृद्धिको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार क्रियाशील
नेकपा एमाले अध्यक्ष ओलीद्वारा सोनाम ल्होछारको शुभकामना
देउवाद्वारा सोनाम ल्होसारको शुभकामना
संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे
चाडपर्वले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ : अध्यक्ष नेपाल
खेलकुद…
तीन जना ब्याटरले अर्धशतक बनाएपछि क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयी
क्यानाडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा भेट्टायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी यू १९ टिमका कप्तान देव खनालले ७६ रन जोडे । ८१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।
क्यानाडाविरुद्ध कप्तान रोहित र देव खनालको अर्धशतक
नेपालको १ सय ५० रन पूरा, क्रिजमा दुई कप्तान
अन्तराष्ट्रिय…
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतङ्कवाद विरोधी अदालतले मे ९ मा भएको दङ्गासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।
खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ वटा मुद्दामा जमानत दिइएको छ । खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी सङ्ग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत दिइएको छ ।
पाकिस्तान निर्वाचन : नवाज सरिफ र बिलाबल भुट्टो मिलेर सरकार बनाउने सम्भावना
इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या
हाइटीमा भएको सामूहिक हिंसामा एक हजारभन्दा बढी हताहत
मेटाले बन्द गर्यो इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक खाता
प्रतिक्रिया