जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि « Khabarhub

जोर्डनलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै कतारले उपाधि जितेको हो ।

कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले तीनै गाेल पेनाल्टी मार्फत गरेका हुन् । खेलको २२ औं मिनेट पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अफिफले गोल गरेका थिए ।

त्यस्तै खेलको ६७ औं मिनेटमा याजान अल–नैमतले जोर्डनका लागि एक गोल फर्काए । त्यसको ५ मिनेट पछि कतारले पुनः पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीमार्फत अफिफले दोस्रो गोल गरेका थिए ।

त्यस्तै खेलको अतिरिक्त समयमा अफिफले पुनः पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई दोस्रो पटक एसियन कपको उपाधि दिलाए ।

यसअघि सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो ।

कतारले सेमिफाइनलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै जोर्डनले सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

उपाधिसँगै कतारले ५ मिलियन डलर नगद पुरस्कार रकम पाएको छ, भने उपविजेता बनेको जोर्डनले ३ मिलियन डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक/एक मिलियन डलर पाएका छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ५९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको