पदभार ग्रहणसंगै स्वास्थ्यमन्त्री यादवले गरे तिन निर्णय  « Khabarhub

पदभार ग्रहणसंगै स्वास्थ्यमन्त्री यादवले गरे तिन निर्णय 


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गरेसंगै उनले केही निर्णयहरू पनि गरेका छन् । उनले संघीय तथा प्रादेशिक अस्पतालहरूमा  शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन छिटोछरितो बनाउन आवश्यक निर्देशन दिने निर्णय गरेका छन् ।

यसै गरी डिजीटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाइ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन समेत उनले दिएका छन् । यस्तै स्वास्थ्य सेवा ऐनका सन्दर्भमा गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने समेत निर्णय गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका  अध्यक्ष समेत रहेका यादवलाई स्वास्थ्य मन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

त्यस लगत्तै उनले मन्त्रालय पुगेर पद सम्हालेका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  १ : ५५ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल