नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली « Khabarhub

नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले आजै पदबहाली गरेका हुन् ।

सो अवसरमा मन्त्रालयलका सचिव डा दीपकुमार खराललगायत मन्त्रालयल र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए । पदबहालीपछि रासससँग कुरा गर्दै मन्त्री सुडीले मन्त्रालयल तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयलका काम अघि बढाउने बताए ।

मन्त्री सुडीले भने, ‘वनको विकास र वनबाट मुलुकको समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा सरोकारवाला सबैसँग राय सुझाव सल्लाह लिएर मन्त्रालयका काम अघि बढाउने छौँ । ‘मुलुकको करिब ४५ प्रतिशत भूभाग ओगटेको वन क्षेत्रबाट स्थानीय जनताका जीविकोपार्जनको आवश्यकता पूरा गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा आफ्नाे ध्यान केन्द्रित हुने उनले विश्वास दिलाए ।

मन्त्री सुडीले पदबहालीपछि सङ्घीय मन्त्रालय र सातै प्रदेशका वन मन्त्रालयबीच समन्वयका लागि समन्वय अधिकृत तोक्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

उक्त निर्णयअनुसार सङ्घीय वन मन्त्रालयका सहसचिवहरू बद्रीराज ढुंगानालाई (कोशी प्रदेश), नवराज पुडासैनीलाई (मधेश प्रदेश), राजेन्द्र केसीलाई (बागमती प्रदेश), डा महेश्वर ढकाललाई (गण्डकी प्रदेश), डा बुद्धिसागर पौडेललाई (लुम्बिनी प्रदेश), मोहनदेव जोशीलाई (कर्णाली प्रदेश) र शिवकुमार वाग्लेलाई (सुदूरपश्चिम प्रदेश) समन्वय अधिकृत तोकिएको सचिव डा खरालले जानकारी दिए।

मन्त्री सुडी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ सालमा सप्तरी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  २ : ३५ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको