नेताको चाकरी नगर्न गृहमन्त्री लामिछानेको प्रहरीलाई निर्देशन « Khabarhub

नेताको चाकरी नगर्न गृहमन्त्री लामिछानेको प्रहरीलाई निर्देशन


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।  आइतबार उनले प्रधान कार्यालयको निरीक्षण गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सङ्गठन र त्यसको नेतृत्वले वृत्ति विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्था रहेको र त्यसको आफूले अन्त्य गर्ने बताए ।

पहिलो पटक गृहमन्त्री हुँदा डिआइजी र एसएसपीहरूको सरुवाका क्रममा आफूले गरेको उनले स्मरण गरे । उनले भने ‘त्यस बेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ।’

‘कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ । त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, म गर्नेछु’ मन्त्री लामिछानेले भने ।

कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यसबापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न आफू गृह मन्त्रालयमा नआएको उनले बताए । आफूलाई केही फरक गर्ने चाहना रहेको चर्चा गरे । नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढ संकल्प बोकेर आफू जिम्मेवारीमा आएको उनले बताए ।

‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् । अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस्’ उपप्रधानमन्त्री लामिछाने थप्छन्, ‘नीति र विधिभित्र रहेर काम गर्नुहोस् । कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुहोस् । मबाट तपाईँहरूको काममा हस्तक्षेप हुने छैन ।’

व्यक्तिलाई केन्द्रित नगरी अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउन आवश्यक रहेको उनले चर्चा गरे । हरेक नागरिकले सुरक्षित महसुस हुने गरी प्रहरीले सेवा दिन आवश्यक रहेको उनको निर्देशन छ ।

‘सानालाई ऐन र ठुलालाई चैनको अवस्था कुनै हालतमा पनि सैह्य हुँदैन’ उनले थपे, ‘अनुसन्धान निष्पक्ष र बस्तुनिष्ठ हुनुपर्छ । आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार हेर्ने अवस्थाको अन्त्य हुनपर्छ ।’

कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ उनले भने, ‘कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन, प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् ।’

तस्कर, गुन्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्न नपरोस् भन्दै मन्त्री लामिछानेले भने, ‘प्रहरी सङ्गठनका विद्यमान समस्या समाधानमा इमानदार प्रयास गर्ने छु ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त कुँवरले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीको साङ्गठनिक संरचना, जनशक्ति परिचालन, समस्या र चुनौतीबारे जानकारी गराए ।

त्यसअघि मन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ३ : ३० बजे

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर