गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी « Khabarhub

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी


२७ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिए पनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८५ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ०६ प्रतिशत र तरकारीको सात दशमलव ५८ प्रतिशतले बढेको छ । घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १२ दशमलव ३३ प्रतिशतले घटेको छ ।

   गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाको नौ दशमलव १५ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ । यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने एक दशमलव ४१ प्रतिशतले घटेको छ ।

माघ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ९६, तराईको चार दशमलव ७१, पहाडको पाँच दशमलव ५८ र हिमालको पाँच दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः आठ दशमलव ४७, सात दशमलव ८२, सात दशमलव ३० र सात दशमलव ९२ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ५ : १९ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना