विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन « Khabarhub

विपद् व्यवस्थापन पूर्वतयारीको अनुगमन


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनका निम्ति गरेका पूर्वतयारीको अनुगमन गरेको छ ।

उक्त मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल रेडक्रस सोसाइटी र डेनिस रेडक्रसका प्रतिनिधि सहभागी भएको अनुगमन टोलीले विपद् व्यवस्थापनका क्रममा गरिएका असल अभ्यास, आउँदा दिनमा पूर्वतयारी र प्रतिकार्यबारे अझ प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिएको थियो ।

बाढीको जोखिमबाट बच्न तटबन्ध निर्माण र पूर्वसूचना दिएर क्षति कम गर्न सकिने, विपद् जोखिम न्यूनीकरणका लागि मौसम पूर्वानुमानसम्बन्धी सूचना तत्काल प्रवाह गर्ने, त्यसलाई स्थानीय तहमा रहेका सञ्जालमार्फत चाँडोभन्दा चाँडो सबैमा पु¥याउन सुझाव दिइएको छ ।

यस्तै, जल तथा मौसम विज्ञान विभागले दैनिक रूपमा अद्यावधिक गर्ने मौसमसम्बन्धी ‘बुलेटिन’ तथा अन्य सूचनामूलक सामग्रीका लागि विभागको वेबसाइट हेर्न सुझाएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ९ : १४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था