गण्डकीमा सामाजिक विकासका २३ योजना सम्झौता हुन सकेन « Khabarhub

गण्डकीमा सामाजिक विकासका २३ योजना सम्झौता हुन सकेन


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पर्वत– गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा रहेको सामाजिक विकास कार्यालयमार्फत सञ्चालन हुने २३ वटा योजना आर्थिक वर्ष सकिने बेलासम्म पनि सम्झौता हुन सकेका छैनन् । 

आर्थिक वर्ष सकिन अब तीन महिना मात्र बाँकी रहँदा योजना सम्झौतामा कार्यालय र उपभोक्ता समितिको उदासीनता देखिएको हो । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट सम्झौता भई कार्यान्वयनमा आउनुपर्ने योजना अहिलेसम्म पनि सम्झौता हुन नसकेपछि बजेट ‘फ्रिज’ हुने अवस्था देखिएको छ ।

सामाजिक विकास कार्यालयमार्फत ३७ वटा भौतिक पूर्वाधार विकास निर्माणका योजनामा बजेट विनियोजन भएको थियो । त्यसमध्ये अहिलेसम्म १४ योजना मात्र सम्झौता भई कार्यान्वयनमा गएको कार्यालय प्रमुख टंकप्रसाद ढकालले जानकारी दिए । 

अधिकांश योजना मन्दिर निर्माण तथा मर्मत, खेलमैदान निर्माण, ज्येष्ठ नागरिक विश्रामस्थल, विद्यालय मर्मत तथा घेराबार निर्माण, सहिद स्मृति भवन र दलित समाज घर निर्माणजस्ता योजना रहेका छन् । ती योजना न्यूनतम रु पाँच लाखदेखि २० लाखसम्मका रहेको कार्यालय प्रमुख ढकालले जानकारी दिए । 

बजेट विनियोजित भएका सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्नुपर्ने प्रावधान रहेको छ । उपभोक्ता समिति गठनमा विवाद हुने, सम्बन्धित निर्माण स्थलको जग्गा विवाद, उपभोक्ता समितिले पनि आवश्यक प्रक्रिया नपुर्‍याउने, आफ्नै स्वामित्वका जग्गा नहुनेजस्ता कारणले योजना सम्झौता गर्न समस्या भएको कार्यालय प्रमुख ढकालले जानकारी दिए। उनले बजेट माग गर्ने तर योजना कार्यान्वयनमा उपभोक्ता समितिले उदासीनता देखाएको आरोप लगाएका छन् ।

दरबन्दीअनुसार प्राविधिक र अन्य कर्मचारीको अभाव भएकाले पनि लक्ष्यअनुसार प्रगति हासिल गर्न नसकिएको उनले बताए । कार्यालयमा दुईजना प्राविधिकको दरबन्दी भए पनि पदपूर्ति नहुँदा परामर्श सेवामार्फत नियुक्त गरेर काम गर्नुपर्ने अवस्था रहेको छ । प्राविधिक नहुँदा कामको मूल्यांकन गरेर भुक्तानी दिनसमेत समस्या भएको कार्यालयले जनाएको छ । 

भौतिक पूर्वाधार बाहेकका अन्य योजना भने धमाधम भइरहेको उनले बताए । ज्येष्ठ नागरिक, एकल महिला, आपतकालीन उद्धार, सडक मानव व्यवस्थापन, अपाङ्गता भएकाहरूलाई सहायता सामग्री हस्तान्तरण, अन्तरपुस्ता अनुभव हस्तान्तरण, विद्यालयमा पुस्तकालय निर्माणजस्ता योजना भने सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षका लागि यो कार्यालयमा प्रदेश सरकारबाट विनियोजित चार करोड आठ लाख ९५ हजार विनियोजन भएको थियो । त्यसमध्ये आर्थिक प्रगति न्यून रहेको छ भने समग्र कार्यालयको प्रगति नौ महिनासम्म जम्मा ३७ प्रतिशत पुगेको ढकालले बताए । पूर्वाधार निर्माणको भुक्तानी नभएकाले पनि आर्थिक प्रगति न्यून रहेको उनको भनाइ छ ।  

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ३३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था