जर्मनीमा आपराधिक गतिविधि बढ्दो « Khabarhub

जर्मनीमा आपराधिक गतिविधि बढ्दो


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन् । 

संघीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक ५.५ प्रतिशतले वृद्धि भएको र सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको छ । उक्त प्रतिवेदनमा दुई लाख १४ हजारभन्दा बढी अर्थात् ८.६ प्रतिशतले हिंसात्मक अपराधहरू बढेका देखिएको छ । 

सरकारले कानूनी रूपमा नै हिंसाविरुद्ध कडा कदम चाल्ने र यहाँ हिंसामा शून्य सहनशीलता लागू गराउने प्रयास भइरहेको संघीय गृहमन्त्री न्यान्सी फेसरले बताए। 

उनले विशेष गरी आपराधिक गतिविधिमा बालबालिका, किशोरकिशोरी र विदेशीको सङ्ख्यामा तीव्र वृद्धि भएको बताए। प्रतिवेदनले यो तथ्यांक क्रमश १२ प्रतिशत, ९.५ प्रतिशत र १३.५ प्रतिशतले बढेको देखाएको छ । 

हिंसा नियन्त्रणका लागि बनाइएका कडा नियमहरू लागू गरिनुपर्ने र देशमा रहेका विदेशी अपराधीले छिट्टै जर्मनीबाट फिर्ता हुनेमा गृहमन्त्री फेसरले जोड दिए । 

सन् २०२२ मा ‘अत्यधिक आप्रवासी तथ्यांक’ प्रकाशित गरेपछि सरकारले अवैध प्रवेश रोक्न कडा सीमा नियन्त्रण उपायहरू लागू गरेको छ । 

गत महिना रुसमा १४० जनाभन्दा बढीको ज्यान गएको आतंकवादी हमलालाई उद्धृत गर्दै ‘युरोपियन च्याम्पियनसिप-२०२४’ को समयमा सीमा नियन्त्रणहरू अझ कडा बनाइने उनले बताए। 

आतङ्कवादको खतरा तथा हालका वर्षहरूमा अन्य अपराधहरूमा पनि वृद्धि भएको छ । ‘फ्राइडरिच एबर्ट फाउन्डेसन’ द्वारा प्रकाशित सर्वेक्षणअनुसार विशेष गरी दक्षिणपन्थी विचारहरू व्यापक हुँदै गइरहेका र आठ प्रतिशत मानिसहरूले त्यस्ता विचार राख्ने गरेको उल्लेख गरिएको छ ।  

जर्मनीमा राजनीतिज्ञहरूले विदेशीद्वारा हुने अपराधमा भएको वृद्धिलाई बढाइचढाइ नगर्न आग्रह गरिरहेका छन् ।

ब्रान्डनबर्गका आन्तरिक मन्त्री माइकल स्टुबगेनले ‘आपराधिक गतिविधिमा लाग्ने विदेशी’ को सङ्ख्या चिन्ताजनक रहेको बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : २६ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल