बझाङ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान « Khabarhub

बझाङ उपनिर्वाचन : उम्मेदवारलाई चुनाव चिह्न प्रदान


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङमा आगामी वैशाख १५ गते हुने प्रदेशसभा निर्वाचनका लागि ११ राजनीतिक दलका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएसँगै ११ जनाको अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन आयोगले उम्मेदवारलाई चिह्न प्रदान गरेको हो ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमन भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, माओवादी केन्द्रका जनक बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का दिलबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, जनमत पार्टीका सुशीला विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, नेसनल रिपब्लिक नेपालका कमल घर्तीमगर र राष्ट्रिय मातृभूमिका गजेन्द्रबहादुर थापालाई छुट्टाछुट्टै निर्वाचन चिह्न प्रदान गरिएको छ ।

आगामी वैशाख २ देखि उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन गृह मन्त्रालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले आग्रह गरेको छ । बझाङमा विद्यालयहरू वैशाख १३ र १४ गते बन्द गर्न पनि आयोगले आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ३१ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय