सीमाको समस्या समाधानमा ठोस पहल आवश्यक : सीमाविद् श्रेष्ठ « Khabarhub

सीमाको समस्या समाधानमा ठोस पहल आवश्यक : सीमाविद् श्रेष्ठ


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कीर्तिपुर– सीमाविद् बुद्धिनारायण श्रेष्ठले ठोस् कूटनीतिक पहलमार्फत छिमेकी देशसँगको सीमा समस्यालाई जतिसक्दो छिटो पार लगाउनुपर्ने धारणा राखेका छन् । 

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा यसवर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कारबाट सम्मानित भएपछि उनले छिमेकी देशसँग नेपालको सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । 

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा केशरजङ बरालले उनलाई पुरस्कार प्रदान गरे । देशको सीमासम्बन्धी खोज अनुसन्धान तथा  जागरणमा विषेश योगदान पुर्‍याएबापत सीमाविद् श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो । 

लामो समय अन्तर्राष्ट्रिय सीमासम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न श्रेष्ठले छिमेकी मुलुकसँगको सीमा विवाद यथासक्य छिटो समाधान गर्नुपर्ने समेत बताए। 

सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद् श्रेष्ठ नै भएको बताए । कुनै पनि नागरिकलाई आफ्नो देश चिन्न सीमाविद् श्रेष्ठकै अनुसन्धानले मद्दत गर्ने भएकोले दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार योग्य व्यक्तित्वले पाएको उनको भनाइ थियो । 

इतिहास, संस्कृति र ज्योतिष क्षेत्रका सर्जक स्व दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६३ सालमा स्थापित यो पुरस्कार हालसम्म ज्ञानमणि नेपाल, प्राध्यापक दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेश राज शर्मा, मदमणि दीक्षित, मोदनाथ प्रश्रित, जगमान गुरुङलगायतका प्रतिभालाई प्रदान गरिसकिएको छ । 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  २ : ४८ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने