राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधानमन्त्री « Khabarhub

राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्ण : प्रधानमन्त्री


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि संकटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् । 

आज नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उनले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि संकटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताए। 

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पुर्‍याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकको देश’ को रूपमा विश्वसामु परिचित गराएको उनले बताए।

आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल हुँदै बहुआयामिक, सबल तथा सक्षम संगठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्ने उनले बताए। 

नेपालका सामु बहुआयामिक द्वन्द्व, जलवायु परिवर्तनका असर तथा विभिन्न महामारी जस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिम रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने कार्यको नेतृत्व सेनाले गर्दै आएको बताए ।

सुरक्षा र विकास एकअर्काका परिपूरक भएको भन्दै उहाँले समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने अपरिहार्यतालाई  नेपाली सेनाले पूरा गर्दै आएको उनले चर्चा गरे ।

उनले अहिले विक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने संगठनको प्रस्तावमा सरकारले आवश्यक सहयोग गर्ने बताए। संगठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त होस् भन्दै उनले शुभकामना व्यक्त गरे । 

अधिकृत क्याडेट तालिममा सर्वोत्कृष्ट हुने सिस ६१ का दीपेन्द्र कडायत, महिलातर्फ दीपा घिमिरे, उत्कृष्ट हुनेहरु सिंस। ५१ का विवेक अधिकारी र मिनिष खड्का, अन्तर्राष्ट्रियतर्फ बङ्गलादेशका सेपुर रहमान खानलाई प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गरे।

अहिलेसम्म २४ जना विदेशीले अधिकृत क्याडेट तालिम लिइसकेकोमा बङ्गलादेश, माल्दिभ्स र जाम्भियाका एक एक जनाले तालिम पूरा गरेका छन् । 

कार्यक्रममा नेपाली सेनाले कवाज प्रदर्शन गर्नुका साथै युद्धकला प्रदर्शन गरेका थिए । कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न निकायका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ४ : २५ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था