सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा « Khabarhub

सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताएका छन् । 

सभापति देउवाले रूपन्देहीको तिलोत्तमा नगरपालिका-१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको अनावरण गर्दै सहिदहरू कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उनीहरुको सबैले सम्मान गर्नुपर्ने बताए । 

अपराधीको जति नै निन्दा गरे पनि नपुग्ने उल्लेख गर्दै सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरूको कर्तव्य भएको उल्लेख गरे। उनले यादवनाथ आलोकको सपना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पुर्‍याएको योगदानको चर्चा गरे। 

सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो  कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सारेको चाहना र आङ्काक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गरे । 

यसअघि सभापति देउवा नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ५ : ५९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय