सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  मोरङ, अर्घाखाँची र नवलपरासी पश्चिममा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

मोरङकाे बुढिगंगा गाउँपालिका-१ टपु टोलमा प्र.१-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-४ खार्जी बस्ने २० वर्षीय करण मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसतै, अर्घाखाँचीकाे पाणीनी गाउँपालिका-८ पोल डाँडास्थित सडकमा ग.३ च ४५७४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक भुमिकास्थान नगरपालिका-८ किमडाँडा बस्ने ३४ वर्षीय ईश्वरी क्षेत्रीको छोरा ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्दीखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नवलपरासी पश्चिमकाे बर्दघाट नगरपालिका-४ बासखोलामा ना.८ ख ३४०९ नम्बरको टिपरले बा.७२ प ७१५७ नम्बरको मोटरसाइकल, लु.९५ प ८४८८ नम्बरको स्कुटर र ना.७ ख ४९६६ नम्बरको बसलाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँ आबुखैरेनी नगरपालिका-६ बस्ने ३४ वर्षीय उज्ज्वल गुरुङको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ७ : ११ बजे

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन

मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मन्थली– रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको

मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

मकवानपुर– नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम्

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

देउखुरी – दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल)एकापसमा ठोक्किँदा एक जनाको

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य