गाउँमै नुन पाउँदा स्थानीय दंग « Khabarhub

गाउँमै नुन पाउँदा स्थानीय दंग


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कालीकोट – कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरी नुन वितरण गर्न थालेको हो ।

नुनकै लागी जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयवासी खुसी भएका छन् । नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिका–६ का सत्यबहादुर शाहीले बताए ।

“एक किलो नुनका लागि एकदिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हटेको छ”, उनले भने, “गाउँमै नुन पाउँदा खुसी छौँ ।”

विगतमा नुन लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो । तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताए ।

“लामो प्रयासपछि स्थानीय तहबाटै नुन वितरणको हुन थालेको छ”, तिलागुफा नगरपालिकाका उपप्रमूख महेन्द्रबहादुर शाहीले भने, “अहिले अस्थायी कार्यालय खोलेर वितरण गर्न थालिएको छ, यसलाइ स्थायी बनाएर पछि नियमित वितरण गर्ने तयारीमा छौँ ।”

यसअघि रास्कोट नगरपालिका र महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : २० बजे

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ– गल्छी गाउँपालिका –०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट

विश्वभर एक वर्षमा ४७ हजार महिला-बालिकाको हत्या

एजेन्सी- विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको

चलचित्र जाँचमा हाइब्रिड मोडेल अपनाउन सकिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँचका सम्बन्धमा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

बेइजिङ– चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा