प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोर विकासको एजेण्डा पेस « Khabarhub

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोर विकासको एजेण्डा पेस


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

डुम्रे– गण्डकी प्रदेशका नौ स्थानीय तह समेटिएर मर्स्याङ्दी करिडोर बनेको छ ।

करिडोरमा पर्ने अन्तर्पालिका समन्वय समितिद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिहीबार मर्स्याङ्दी उपत्यकाको संयुक्त योजना पेस गरिएको छ ।

भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी करिडोर अन्तर्पालिका समन्वय समिति अध्यक्ष आनन्दराज त्रिपाठीले मर्स्याङ्दी करिडोरभित्र पर्ने स्थानीयबीच छनोट गरिएका योजना आगामी बजेटमा समावेश गराउन मागसहित प्रधानमन्त्रीसमक्ष पेस गरिएको जानकारी दिए।     

सामूहिक उद्देश्य प्राप्त गर्न समय समयमा अन्तर्पालिका समन्वयात्मक छलफल, अन्तरक्रिया र बैठकको आयोजना गरिँदै आएको, सामाजिक महत्व राख्ने तथा समग्र मर्स्याङ्दी करिडोरको समुचित विकास र बृहत्तर हितका लागि यस क्षेत्रका नौ स्थानीय तहको सामूहिक निर्णयले केही महत्वपूर्ण विकासका नतिजामुखी योजनालाई रणनीतिक महत्वका साथ प्राथमिकतामा राखिएको प्रमुख त्रिपाठीले जानकारी गराएका थिए ।

मानव पुँजीको निर्माण गर्ने उद्देश्यले तनहुँ, लमजुङ, गोरखा र मनाङका नागरिकका लागि गुणस्तरीय विशिष्टीकृत सेवासहितको सुविधा सम्पन्न अस्पताल एवं शिक्षण अस्पतालको अभाव भएको तथा आर्थिक विकासको दृष्टिकोणबाट सम्भावना बोकेको औद्योगिक कोरिडोरको स्थापना र विकास गर्नसमेत अत्यावश्यक रहेको समितिले प्रधानमन्त्रीसमक्ष पेस गरेको निर्णयपत्रमा उल्लेख छ । 

प्राकृतिक सौन्दर्यताको अनुपम क्षेत्र पर्यटकीय दृष्टिकोणबाट राष्ट्रकै उत्कृष्ट गन्तव्यको सूचीमा रहेको मर्स्याङ्दी कोरिडोर, पर्यटन पूर्वाधार तथा प्रवद्र्धनसमेत यस उपत्यकाको परिवर्तन पर्यायको रुपमा अनुभूत गरिएकाले यहाँको विकासका लागि सरकारबाट आगामी आर्थिक वर्षमा योजना समावेश गर्न माग गरिएको उनले बताए।

मस्र्याङ्दी करिडोर तनहुँ, लमजुङ, गोरखा र मनाङ हुँदै गण्डकी प्रदेश पोखरा जोड्ने मोटर मार्ग, मर्स्याङ्दी नदीमा मोटरेवल पुल, भानु साहित्य उद्यान निर्माण, पालुङटार विमानस्थल निर्माण तथा पुनःसञ्चालन, विद्युत् सव–स्टेसन निर्माण, सुविधा सम्पन्न बहुमुखी क्याम्पस स्थापना, डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नति बाँकी खण्ड निर्माण आयोजना, बन्दीपुर–छिम्केश्वरी–भानु जन्मस्थल–लिगलिगकोट–राइनासकोट–दोर्दी भीम पोखरा–धारापानी–मनाङ–थोरोङ्लापास हुँदै मुस्ताङ र राष्ट्रिय मापदण्डअनुरूपको रङ्गशाला निर्माणलगायतका योजना समितिले प्रधानमन्त्रीसमक्ष पेस गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ०९ बजे

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्

कारबाहीमा परे पीआर लिएका दुई अधिकृत, सरकारी सेवामा अयोग्य हुने गरि निकालिँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय

जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?

काठमाडौं – बाल गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक