गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’  « Khabarhub

गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’ 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाएपछि राजीनामाको खेल सुरु हुने भन्दै संसदीय समिति आवश्यक नभएको बताए ।

एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति बनाए पुनः कांग्रेसले राजीनामा माग्ने तर्क गरे ।

उनले भने, ‘हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? छानबिन समिति बनाए लगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’

उनले उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताए ।

उनले अगाडि भने, ‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? बेथिति भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ ?’ उनले भने, ‘अब रिसर्च के गर्ने ? सरकारले कदम चाल्न पर्‍यो कसरी समस्या समाधान गर्ने ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ५५ बजे

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर– भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण