कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक समयमा सुरु भएन  | Khabarhub Khabarhub

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक समयमा सुरु भएन 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिलेसम्म प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।  बिहान साढे बाह्र बजे बस्ने भनिएको बैठक दुई बजेसम्म पनि बस्न नसक्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

आज कार्य व्यवस्था परामर्श समितिको बैठक पछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने बताइएको छ ।  दलहरूले संसदीय दलको बैठक बस्न ढिलाइ गरेका कारण कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको हो ।

हाल कार्य व्यवस्था बैठकको तयारीका लागि दलका नेताहरू तयारीमा छन् ।

संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ब्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठकलाई सहज बनाउन हाल सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका सचिवालयको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  २ : ४१ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये