काठमाडौं– अहिलेसम्म प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । बिहान साढे बाह्र बजे बस्ने भनिएको बैठक दुई बजेसम्म पनि बस्न नसक्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।
आज कार्य व्यवस्था परामर्श समितिको बैठक पछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने बताइएको छ । दलहरूले संसदीय दलको बैठक बस्न ढिलाइ गरेका कारण कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको हो ।
हाल कार्य व्यवस्था बैठकको तयारीका लागि दलका नेताहरू तयारीमा छन् ।
संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ब्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठकलाई सहज बनाउन हाल सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका सचिवालयको भनाइ छ ।
प्रतिक्रिया