कांग्रेस नमानेपछि कार्यव्यवस्था नै बस्न सकेन, प्रतिनिधि सभाको बैठक अनिश्चित | Khabarhub Khabarhub

कांग्रेस नमानेपछि कार्यव्यवस्था नै बस्न सकेन, प्रतिनिधि सभाको बैठक अनिश्चित

आन्तरिक छलफलमा दलहरू


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामि छामिनेमाथि संसदीय समिति बनाएर छानबिनको माग गरिरहेको नेपाली कांग्रेस अडानबाट पछि नहटेपछि शुक्रबार डाकिएको संसद् बैठक अनिश्चित भएको छ ।

सभामुख देवराज घिमिरले शुक्रबार दुई चरणमा मुख्य दलका प्रमुख सचेतक र सचेकहरूसँग छलफल गरेका छन् ।

तर कांग्रेसले उक्त छलफलमा प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिने कुरामा सहमति नजनाउँदा समस्या भएको हो ।

सभामुखसँगको छलफलमा सहमति नजुटेपछि अहिले प्रमुख सचेतक र सचेतकहरू आ-आफ्ना शीर्ष नेताहरूसँग आन्तरिक छलफलमा निस्किएका छन् ।

त्यसपछि फेरि सभामुख घिमिरेसँग प्रमुख सचेतक र सचेतहरूको बैठक बस्ने भएको छ । यदि त्यहाँ सहमति जुटेमा त्यसपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रतिनिधिसभा बैठकको एजेन्डा तय गरिने भएको छ ।

मध्यान्ह साढे १२ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म अनिश्चित छ । कार्य व्यवस्था परामर्श समितिको बैठक नै नबसेकाले प्रतिनिधि सभाको बैठक अनिश्चित भएको हो ।

दलहरूले संसदीय दलको बैठक बस्न ढिलाइ गरेका कारण कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि ढिलाइ भएको हो ।

संघीय संसद्को बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी ब्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची थियो ।

प्रतिनिधि सभाको बैठकलाई सहज बनाउन हाल सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरेका थिए । तर उनको सहमतिको प्रयासले शुक्रबार पनि मूर्त रुप लिन नसकेको हो । त्यहीकारण प्रतिनिधिसभाको बैठक पनि अनिश्चित भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : २३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस