संसद्‌ अवरोध गर्दा कांग्रेसका चार नारा « Khabarhub

संसद्‌ अवरोध गर्दा कांग्रेसका चार नारा


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति माग गर्दै प्रतिनिधि सभा बैठक सञ्‍चालनमा अवरोध पारेको प्रतिपक्षी नेपाली कांग्रेसले चार नारा लगाएको छ ।

कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, गृहमन्त्री र सत्ता गठबन्धन टिकाउन प्रधानमन्त्री लामिछानेले प्रहरीदेखि महान्यायाधिवक्ता कार्यालयसम्मलाई प्रभावित पारेको भन्दै आक्रोशित कांग्रेसले सदनमा अवरोध गरेको हो ।

पार्टी महामन्त्री गगन थापाले कुरा राखेलगत्तै सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजेका थिए । तर, कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यहरूले ‘संसदीय छानबिन समिति गठन गर ! सहकारी पीडितलाई न्याय दे ! सहकारी ठगलाई कारबाही गर ! जबर्जस्ती बन्द गर’ नारा लगाए ।

प्रतिपक्षी सांसद्‌हरूले नाराबाजी गरेपछि सभामुख घिमिरेले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ०२ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा