संसद्‌ अवरोध गर्दा कांग्रेसका चार नारा « Khabarhub

संसद्‌ अवरोध गर्दा कांग्रेसका चार नारा


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारी ठगी प्रकरण छानबिन गर्न संसदीय समिति माग गर्दै प्रतिनिधि सभा बैठक सञ्‍चालनमा अवरोध पारेको प्रतिपक्षी नेपाली कांग्रेसले चार नारा लगाएको छ ।

कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, गृहमन्त्री र सत्ता गठबन्धन टिकाउन प्रधानमन्त्री लामिछानेले प्रहरीदेखि महान्यायाधिवक्ता कार्यालयसम्मलाई प्रभावित पारेको भन्दै आक्रोशित कांग्रेसले सदनमा अवरोध गरेको हो ।

पार्टी महामन्त्री गगन थापाले कुरा राखेलगत्तै सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन खोजेका थिए । तर, कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यहरूले ‘संसदीय छानबिन समिति गठन गर ! सहकारी पीडितलाई न्याय दे ! सहकारी ठगलाई कारबाही गर ! जबर्जस्ती बन्द गर’ नारा लगाए ।

प्रतिपक्षी सांसद्‌हरूले नाराबाजी गरेपछि सभामुख घिमिरेले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरे ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ५ : ०२ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको