त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्।

लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ब्रासलेट र औँठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनको साथबाट बरामद भएको छ। पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ०३ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द