त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू) | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आपतकालीन उद्धार अभ्यास गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो ।

त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो आधा घण्टा उडान-अवतरण बन्द गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १:३० बजेसम्मलाई हवाई उडान बन्द गरिएको जनाएको छ ।

अपरान्ह १ बजेदेखि हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँगसम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार अभ्यास गरिएको हो ।

त्यसक्रममा विभिन्न अभ्यासहरूमध्ये अलर्ट ९.३१ (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन तयारी गरिएको हो ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउनु हो ।

यो अभ्यासको सिलसिलामा विमानस्थल क्षेत्रमा जहाज दुर्घटनापछिको दृश्य जस्तै धुवाँ निकालिएको थियो ।

अभ्यासका क्रममा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य उद्धार गतिविधि देखाइएको हो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  २ : २० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ