त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू) « Khabarhub

त्रिभुवन विमानस्थलमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार आपतकालीन उद्धार अभ्यास गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड र व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण स्केल आपतकालीन अभ्यास प्रदर्शनी गरिएको हो ।

त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो आधा घण्टा उडान-अवतरण बन्द गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १:३० बजेसम्मलाई हवाई उडान बन्द गरिएको जनाएको छ ।

अपरान्ह १ बजेदेखि हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँगसम्बद्ध विभिन्न निकायको सहभागितामा विमानस्थल संकटकालीन योजनाअनुसार अभ्यास गरिएको हो ।

त्यसक्रममा विभिन्न अभ्यासहरूमध्ये अलर्ट ९.३१ (विमानस्थलमा विमान दुर्घटना) सम्बन्धी पूर्णकालीन तयारी गरिएको हो ।

यो अभ्यासको मुख्य उद्देश्य संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरूबीच सहयोगको अभिवृद्धि गराउनु हो ।

यो अभ्यासको सिलसिलामा विमानस्थल क्षेत्रमा जहाज दुर्घटनापछिको दृश्य जस्तै धुवाँ निकालिएको थियो ।

अभ्यासका क्रममा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य उद्धार गतिविधि देखाइएको हो ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  २ : २० बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००