गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिँदै, राप्रपाले दिने, एमाले र माओवादीको नाराबाजी « Khabarhub

गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिँदै, राप्रपाले दिने, एमाले र माओवादीको नाराबाजी


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभामा राखेका छन् ।

वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि अहिले मत विभाजनबाट छिनोफानो हुँदैछ ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अब मत विभाजनका आधारमा विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफानो हुनेछ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । असार १ गते प्रदेश सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने वैधानिक व्यवस्था छ ।

उता २ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाण्डेले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत दिने भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि बोल्दै राप्रपा सांसद पञ्चराम गुरूङले पाण्डे सरकारलाई समर्थन गर्ने बताए ।

अहिले मत विभाजनका आधारमा विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफानो हुँदैछ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ४८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध उजुरी दिन के के गर्नुपर्छ ?

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय