गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिँदै, राप्रपाले दिने, एमाले र माओवादीको नाराबाजी « Khabarhub

गण्डकीका मुख्यमन्त्री विश्वासको मत लिँदै, राप्रपाले दिने, एमाले र माओवादीको नाराबाजी


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभामा राखेका छन् ।

वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका उनले विश्वासको मतको प्रस्ताव राखेपछि अहिले मत विभाजनबाट छिनोफानो हुँदैछ ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अब मत विभाजनका आधारमा विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफानो हुनेछ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । असार १ गते प्रदेश सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने वैधानिक व्यवस्था छ ।

उता २ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाण्डेले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत दिने भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेपछि बोल्दै राप्रपा सांसद पञ्चराम गुरूङले पाण्डे सरकारलाई समर्थन गर्ने बताए ।

अहिले मत विभाजनका आधारमा विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफानो हुँदैछ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।

 

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ४ : ४८ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २