रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवा निरीक्षण | Khabarhub Khabarhub

रक्षामन्त्री उप्रेतीद्वारा सैनिक हवाई सेवा निरीक्षण


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले गौचरस्थित सैनिक हवाई सेवाअन्तर्गत मध्यएयर वेश, विशिष्ट उडान सेवा तथा हवाई प्राविधिक सेवाको निरीक्षण गरेका छन् ।

उनलाई सैनिक हवाइसेवा प्रमुख, पाइलट उपरथी आशिष नरसिंह राणाले सैनिक हवाई सेवाको वस्तुस्थितिलगायत सैनिक हवाइसेवाका विविध गतिविधिबारे जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसअवसरमा रक्षा मन्त्री उप्रेतीले मध्यएयर वेशमा रहेका सैनिक हवाई साधन तथा उपकरणको अवलोकन गरे ।

मन्त्री उप्रेतीले सैनिक हवाई सेवालगायत अन्तर्गतका युनिटबाट विपद् उद्धार, विकास निर्माणलगायतका क्षेत्रमा सम्पादन भएका कार्यको प्रशंसा गर्दै आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । यसअघि उनलाई मध्यएयर वेशमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरे।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ९ : ४३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार